उपत्यकामा थपियो निषेधाज्ञा: खाद्यान्न र डिपार्टमेन्ट स्टोर ११ बजेसम्म खोल्न पाइने, पुस्तक पसललाई पनि छुट

३० जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा असार ७ गतेसम्म थप गर्ने निर्णय गरेका हुन् ।

प्रजिअहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेका छन् । खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । ‘पुस्तक पसल पनि खोल्न पाउने निर्णय गरेका छौं’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले भने–‘पुस्तक पसल पनि विहान ११ बजेसम्म खोल्न पाइन्छ ।’

निषेधाज्ञाबारे निर्णय लिने बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।

एनएमबि न्यूज