पछिल्लो २४ घण्टामा थप २४०७ जनामा संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २४०७ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौं उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् । भक्तपुरमा ५८ जना, ललितपुरमा ११२ जना र काठमाडौंमा ४८३ जना संक्रमित फेला परेका हुन् ।

यही अवधिमा थप ३९९४ जना संक्रमणमुक्त भएका छन् भने ४६ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज