३१ जेठ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्सेले ३ हजार अंक पार गरेको छ ।
यस दिन ४२.७ अंकले बढेर परिसूचक ३ हजार २५ अंकमा कायम भएको छ । कारोबार रकममा सामान्य कमी आएको छ । हिजो १९ अर्ब ५५ करोडको सेयर किनबेच भएकोमा यस दिन १८ अर्ब ८८ करोडको कारोबार भएको छ ।
नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रो, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, ङादी ग्रुप, सिइडिबी हाइड्रो, ओरेन्टल होटल, तारागाउँ रिजेन्सी, युनियन हाइड्रो, जलविद्युत लगानी तथा विकास कम्पनी, सोल्टी होटल र हिमालय डिस्टिलरीको मूल्य करिब १० प्रतिशतले बढेका छन् ।
यस दिन माउन्टेन हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ ।

