६ असार, काश्मिर । भारतको काश्मिर क्षेत्रका सबै रेल स्टेशनहरुमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको छ ।
राजधानी श्रीनगरमा रहेको स्टेसनसहित काश्मिर क्षेत्रका ६ हजार २१ स्टेशनमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको भारतीय रेलवे मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार इन्टरनेट सेवाप्रदायक विभिन्न संस्थाहरूका इन्टरनेट सेवा ती स्टेशनहरुमा उपलब्ध गराइएको हो ।
रेलवे मन्त्री पियुष गोयलले ग्रामीण तथा शहरी क्षेत्रका जनतालाई जोड्न इन्टरनेटले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले रेल यात्रुहरुलाई रेल सेवा सुविधाजनक बनाउन पनि सहयोग पुग्ने उल्लेख गरे । -एएनआई
प्रतिक्रिया दिनुहोस