१२ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोसी आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागिएकाले असार १३ देखि १९ गतेसम्म विद्युत कटौती हुन सक्ने जनाएको छ ।
प्राधिकरणले आज (शनिवार) एक सूचना जारी गर्दै राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजनालाई खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रसारण लाइन बन्द हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेुनबाट बिद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरूका लागि छोटो समयका लागि विद्युत कटौती हुन सक्ने जनाएको छ ।
निर्धारित समय अगावै प्रशारण लाइन जोड्ने काम सकिए सोही अनुसार बिद्युत आपूर्ति गरिने जनाइएको छ । यसैबीच कुलेखानी जलाशयको पानी प्रयोग गरी सकेसम्म बिद्युत कटौती कम गर्ने प्रयासमा रहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस