प्रधानमन्त्री देउवाको निर्देशन: कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउनु

३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवम् प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै देउवाले त्यस्तो निर्देशन दिएकाे सीसीएमसीले जनाएको छ ।

बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायतकाे उपस्थिति थियाे ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।