दाङमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु

३१ असार, दाङ । दाङमा कोरोनाभाइरसको संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।

बगंलाचुली गाउँपालिका वडा नम्बर–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको उपचारको क्रममा कोरोना विशेष अस्पताल बेलझुन्डीमा बिहीबार बेलुका ७ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

हाल कोरोना विशेष अस्पतालको आईसीयूकक्षमा आठजनाको उपचार भइरहेको जनाइएको छ ।

एनएमबि न्यूज