काठमाडौं उपत्यकामा थप ५५३ जनामा कोरोना संक्रमण

३१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५५३ जना कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ६९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज