Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

सामलिङ पावर कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

४ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामलिङ पावर कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले असार ३१ गते कम्पनीलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले जारी पुँजी ५० करोडको २४.६ प्रतिशतले  आउने  १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर बिक्री गर्न बोर्ड अनुमति दिएको हो । कम्पनीले परियोजना प्रभावित स्थानीय र सर्वसाधारणमा उक्त सेयर बिक्री गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको थियो ।

सामलिङ पावर कम्पनीले इलाम जिल्लामा ९.५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत आयोजना निर्माण गरिहरेको छ । यस्तै कम्पनीले अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसवीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

आईपीओ निष्कासनका लागि गराएइको रेटिङमा कम्पनीलाई इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘इक्रा एनपि डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

एनएमबि न्यूज