गण्डकी प्रदेश

गाउँ पसेको चितुवा स्थानीयवासीले नियन्त्रणमा लिए

leopard

११ साउन, बागलुङ । बागलुङ नगरपालिका–१४ नारायणस्थानका स्थानीयवासीले चितुवा नियन्त्रणमा लिएका छन् । स्थानीय भक्तबहादुर सुनुवारले कुखुराको सुरक्षाका लागि निर्माण पासोमा परेर आइतबार चितुवा नियन्त्रणमा आएको हो । केही दिनयता गाउँमा चितुवा पसेर दर्जनौँ कुखुरा र बाख्रा खाएपछि पासो बनाएर थापेको उनले बताए ।

फलामको बाकसमा तारजाली लगाएर बनाइएको सो पासोमा चितुवा फसेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । “बिहानै मलाई पनि खबर आयो, इलाका प्रहरी कार्यालयमार्फत, वन कार्यालयमा सूचना गर्यौं” वडाध्यक्ष चक्रबहादुर खत्री भन्छन्, “डिभिजन वन कार्यालयको टोलीले पनि चितुवाको व्यवस्थापन गर्न सकेन थप प्रयास भइरहेको छ ।”

वयस्क चितुवा निकै चलाख देखिएकाले प्रविधिबिना व्यवस्थापन कठिन रहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए । नियन्त्रणमा लिइएको चितुवालाई जङ्गलमा छोड्नुपर्ने भएकाले पासोबाट निकालेर अर्को खोरमा राख्न समस्या भएको हो । चितुवा हेर्नेको भीड लागेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस