हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य ?

१४ साउन, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको छ ।

गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत गत बुधबारको मूल्यमा थप ३०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

एनएमबि न्यूज