१७ साउन, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत शुक्रबारको मूल्यमा प्रतितोला ५०० रुपैयाँले घट्दै ९२ हजार ४०० रुपैयाँमा झरेको हो । गत शुक्रबार बजारमा सुन प्रतितोला अधिकतम ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत शुक्रबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले ने घट्दै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । तर, यता चाँदीको मूल्य भने आइतबार स्थिर रहँदै गत शुक्रबारकै मूल्य एक हजार २८५ रुपैयाँ नै कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस