सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

१८ साउन, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य थप सोमबार एक सय रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।

यस दिन तेजाबी सुनको मूल्य समेत प्रतितोला एक सय रुपैयाँले नै घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको छ । तर, यता चाँदीको मूल्य भने केही दिन यताको लगातार स्थिरता सोमबार समेत कायमै राख्दै प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

एनएमबि न्यूज