बैँक / वित्त

ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा

global ime

२० साउन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र असन, ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुरको ठिमी नगरपालिकाको गट्ठाघर एवं धादिङको निलकण्ठ नगरपालिको धादिङबेसी स्थित बीच बजारमा गरी एकैसाथ ७ नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २८० पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस