Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९५ जनाले पाए रोजगारी

२ भदौ, कञ्चनपुर । भीमदत्त नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९५ जनाले रोजगारी पाएका छन् । रोजगार संयोजक केशव विष्टका अनुसार आर्थिक वर्ष २०७७/७८ मा  नगरपालिकाका विभिन्न छ वडामा सो कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।

कार्यक्रमअन्तर्गत वडा नं १ मा ४५ ले धार्मिक पर्यटकीय क्षेत्र मणिदीप धामबाट विष्णु मन्दिरसम्म चार किलोमिटर  र वडा नं ३ मा विष्णु मन्दिरबाट मलास जाने  एक किमी बाटो निर्माण गरिएको छ । उक्त योजनामा ४० ले रोजगार पाएको उहाँ बताउनुभयो । वडा नं ९ मा ब्रह्मदेवबाट  खल्ला–मसेट्टी जाने बाटो निर्माण गरिएको उक्त योजनामा ५३ ले रोजगारी पाएका छन् ।

यसैगरी वडा नं १० को शान्ति सामुदायिक वनमा कार्यक्रमअन्तर्गत उद्यान निर्माणमा २८ ले रोजगारी पाएका छन् । रोजगार कार्यक्रमअन्तर्गत वडा नं १५ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मानव बस्तीबीचको क्षेत्रमा दुई किमी ट्रेञ्च खन्ने कार्य गरिएको थियो । वडा नं १९ मा भने कार्यक्रमअन्तर्गत सिद्धनाथ स्कूलको खेलमैदान बनाइएकोे छ ।

विद्यालयको पुरानो जीर्ण अवस्थामा रहेको भवन भत्काएर खेलमैदान निर्माण गरिएकामा त्यहाँ नौ स्थानीयवासीले रोजगारी पाएका छन् । “कोरोना सङ्क्रमणका कारण कार्यक्रम सुरु हुने समयमा लकडाउन भएपछि योजना पूर्णरूपमा कार्यान्वयन हुन सकेन”, संयोजक विष्टले भन्नुभयो, “सबै वडामा रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना भए पनि लकडाउनका कारण छ वडामा मात्रै कार्यक्रम सञ्चालन गर्न सकिएको छ ।” कार्यक्रमअन्तर्गत १९५ लाई रु ६५ लाख २१ हजार ज्याला उपलब्ध गराइएको छ ।

एक वर्षमा १४ किमी सडक कालोपत्र

भीमदत्त नगरपालिकाले आव २०७७÷७८ मा १४ किमी सडक कालोपत्र  र ६० किमी सडक  स्तरोन्नति गरेको छ ।

इञ्जीनियर हिमालयसिंह ऐरका अनुसार सडक स्तरोन्नतिअन्तर्गत ग्राभिलिङ, नयाँ ट्रयाक खोल्नेलगायत काम गरिएको छ । नगरपालिकाले नगरका सबै क्षेत्र जोड्न नगर भित्री र बाह्य चक्रपथ निर्माण गरिरहेको छ भने वर्षौँदेखि सडकबाट बञ्चित उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटनमार्ग निर्माणलाई पनि निरन्तता दिएको उहाँले बताउनुभयो । साथै ब्रह्मदेवबाट खल्ला–मुसेट्टी जाने बाटोसमेत स्तरोन्नति गरिएको छ ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।