Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

भारतीय दूतावासको ताल्चा फोडेर तालीबानले तलासी लिइरहेको दाबी

४ भदौ, काठमाडौं । अफगानिस्तानमा तालिबानले बुधबार कंधार र हेरातस्थित बन्द गरिएका भारतीय दूतावासको तलासी गरेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले दाबी गरेको छ ।

पत्रिकाका अनुसार चरमपन्थी दूतावासमा लगाइएको ताल्चा फोडेर भित्र घुसेका थिए । कंधार दूतावासमा दस्तावेजका लागि दराजको खोजी गरे र दुबै दूतावासमा राखिएका गाडी लिएर गएको जानकारीमा उल्लेख छ । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार काबुलको राज्यको गुप्तचर संस्था एनडीएसका लागि काम गर्ने अफगानीको अनुसन्धान गर्न घर–घर गएर तलासी लिइँदैछ ।

यस्तै जलालाबाद र काबुलको वाणिज्य दूतावासमा के भइरहेको छ यसको जानकारी उपलब्ध छैन । रिपोर्टका अनुसार हक्कानी नेटवर्कका करिब ६० हजार लडाकूले राजधानी काबुललाई कब्जामा लिएको छ । यसको नेतृत्व अनस हक्कानीले गरिरहेका छन् जो हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानीका भाइ हुन् ।

अनस हक्कानीले अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजाई र एचसीएनआरका प्रमुख अब्दुल्ला अब्दुल्लासँग भेटघाट गरेका छन् । यसले यो पनि बताउँछ कि करजई र अब्दुल्लाको गतिविधिमा तालिबानको प्रतिबन्ध र नियन्त्रण छ ।

करजई र अब्दुल्लासँग तालिबानका नेता मुल्ला अब्दुल गनी बरादरलाई राष्ट्रपति निवासमा एक कार्यक्रमका बेला औपचारिक रुपमा सत्ता सुम्पिने हो कि भन्ने विषयमा कुराकानी चलिरहेको छ । सिराजुद्दीन हक्कालीले क्वेटाबाट निर्देशन जारी गर्ने बताइएको छ ।

एजेन्सी