Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

रुकुम पूर्वका सबै आइसोलेशन खाली

५ भदौ, रुकुम । कोरोना सङक्रमित बिरामीका लागि बनाइएका यहाँका आइसोलेशन वार्ड अहिले खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम (पूर्व) अस्पतालको आइसोलेशनका सङ्क्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन् ।

सिस्ने गाउँपालिकाले भने आइसोलेशन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्यहा कोभिड सङ्क्रमितको उपचार हुँदै आएको छ ।

जिल्लास्थित सबै आइसोलेशनमा रहेका सङ्क्रमित निको भई डिस्चार्ज भइसकेका र नयाँ सङ्क्रमित भर्ना नभएकाले साउन ३२ गतेदेखि नै ती वार्ड खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गीरीले जानकारी दिए । पुथाउत्तरगङ्गा गाउँपलिकाको आइसोलेशन भने यसभन्दा अगााडि नै खाली भइसकेको थियो ।

अहिले जिल्लामा २५सक्रिय सङ्क्रमित रहेका र उनीहरू सबै होम आइसोलेसशनमा छन् । उनका अनुसार  कोरोनाको दोस्रो लहर सुरु भएयता हालसम्म ५४१ मा कोरोना पोजेटिभ देखिएकामा ५१० निको भइसकेका र १३ को मृत्यु भएको थियो । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित घट्दै गएको पाइएको छ ।

अस्पतालसहित जिल्लाका तीनवटै गाउँपालिका र विभिन्न स्वास्थ्यचौकीबाट कोरोनाको परीक्षण भइरहेकामा  सङ्क्रमित  घट्दै गएकाले परीक्षणको दायरा पनि घटाइएको छ । अहिले अस्पतालमा मात्रै दैनिक परीक्षण भइरहेको स्रोतव्यक्ति गीरीले बताए ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।