Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

अफगानिस्तानबाट आएकाहरूलाई पोलियो खोप दिइने

७ भदौ, काठमाडौं । सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपालीहरूलाई पोलियोविरुद्धको खोप दिने भएको छ । अफगानिस्तान पोलियो जोखिमयुक्त क्षेत्र भएकाले त्यहाँबाट उद्धार गरी ल्याइएका सबै नेपालीलाई आजैदेखि पोलियो खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ ।

विश्व स्वास्थ्य संगठन अन्तर्गतको आईएचआर (इन्टरनेसनल हेल्थ रेगुलसन)को सिफारिसमा आजदेखि विमानस्थलमा नै पोलियो खोप दिने व्यवस्था गरिएको छ । यसअघि ल्याइएकाहरूलाई भने नजिकैको खोप केन्द्रबाट दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट आएकाहरू सबै उमेरका व्यक्तिहरूलाई खोप दिन लागिएको हो । हालसम्म अफगानिस्तानबाट ५०४ जना नागरिकको सरकारले उद्धार गरिसकेको छ । सन् २०१६ यता सार्क राष्ट्रहरूमध्ये अफगानिस्तान र पाकिस्तानमा पोलियो रोग रहेको छ ।

एनएमबि न्यूज