Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

तालिबानद्वारा १४० हिन्दु र सिखलाई काबुल छोड्न रोक

११ भदौ, काठमाडौं । काबुल विमानस्थलमा भारतीय वायुसेनाको एक विशेष विमान रोकिएको खबर छ ।

अंग्रेजीमा छापिने भारतीय पत्रिका ‘द हिन्दू’ पत्रिकाले ‘इन्डिया वर्ल्ड फोरम’ का अध्यक्ष पुनित सिंहलाई उद्धृत गर्दै तालिबानले कम्तीमा १४० अफगानी सिख, हिन्दु र अन्य मानिसहरुलाई काबुल विमानस्थल जानबाट रोकेका छन् ।

पुनित सिंह काबुलबाट मानिसहरुलाई निकाल्ने अभियानमा विदेश मन्त्रालय र भारतीय वायुसेनासँग समन्वयको काम गरिरहेका छन् । पत्रिकाका अनुसार यो घटनाका कारण वायुसेनाको विशेष विमानले उडान भर्न समय लाग्यो । यो विमान बुधबारदेखि काबुल विमानस्थललमा उडान भर्नका लागि प्रतिक्षा गरिरहेको थियो ।

‘इन्डिया वर्ल्ड फोरम’ का अनुसार तालिबानले बुधबार राती यी यात्रीलाई विमानस्थलबाट बाहिर फिर्ता पठाइदिए । यसअघि हिन्दू पत्रिकाले आफ्नो रिपोर्टमा बिहिबार बिहान लगभग २०० अफगान हिन्दू र सिख र अन्य देशका नागरिकलाई हिँड्न विमानस्थलमा पुग्नुपर्ने थियो । तर  तालिबानद्वारा यी यात्रीलाई रोकेपछि यो  फ्लाइटमा ढिलाई भएको थियो ।

अर्कोतर्फ तालिबानले आफूहरुले अफगान जनताले देश छोडून् भन्ने नचाहेको बताएको छ ।

एजेन्सी