नेकपा (एकीकृत समाजवादी) ले सिंहदरबारबाट संसदीय दलको कामकारबाही थाल्यो

१५ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सिंहदरबारबाट संसदीय दलको कामकारबाही सुरु गरेको छ ।

संसद् सचिवालयले दलको कार्यालय उपलब्ध गराएलगत्तै नेकपा (एकीकृत समाजवादी)ले सिंहदरबारबाट दलको कामकारबाही सुरु गरेको हो । निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि दलको कार्यालय लगायतका सेवा सुविधा उपलब्ध गराएको सचिवालयले जनाएको छ ।

नेकपा एकीकृत समाजवादी पाटीले यसअघि नै संसदीय दलका नेतामा माधव कुमार नेपाल र राष्ट्रिय सभा दलको कार्यालयमा बेदुराम भुसाललाई चयन गरिसकेको छ ।

एनएमबि न्यूज