Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

साताको पहिलो दिन ७१ अंकले बढ्यो सेयर बजार

२७ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ७१.४ अंकले बढेको छ । यो वृद्धिसँगै परिसूचक २९४७ अंकमा कायम भएको छ । यस दिन कुल ९ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम गत बिहीबारको तुलनामा बढी हो । गत बिहीबार ७ अर्ब ५ करोडको सेयर किनबेच भएको थियो ।

म्युचुअल फण्डबाहेक सबै समूहमा हरियाली छाएको छ । बैंकिङ २४, विकास बैंक २७३, फाइनान्स ११४, होटल तथा पर्यटन ७७, जलविद्युत २१३, लगानी २, जीवन बीमा २९७, उत्पादन २९९, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा ४२४, अन्य १८ र ब्यापार समूह ४२ अंकले बढेको छ । १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मात्रै घटेको छ ।

यस दिन १ दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । राष्ट्रिय बीमा कम्पनी, अरुण काबेली पावर, लिबर्टी इनर्जी, नेसनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी (संस्थापक), छ्याङ्दी हाइड्रोपावर, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, पाँचथर पावर कम्पनी, सानिमा लाइफ इनस्योरेन्स, अपि पावरको मूल्य ठीक १० प्रतिशतले बढेको छ ।

हिमालयन पावर पार्टनर, सिनर्जी पावर, ङादी ग्रुप, शिवश्री हाइड्रोपावरको मूल्य पनि साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन रैराङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै २.२ प्रतिशतले घटेको छ ।

एनएमबि न्यूज