४० किलो चाँदीसहित रौतहटबाट एकजना पक्राउ

५ असोज, रौतहट । रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी छन् । काठमाडौंबाट रात्रि बसमा गएका माझीलाई पक्रेर थप अनुसन्धान सुरु गरिएको रौतहटका एसपी विनोद घिमिरेले जानकारी दिए ।

गौरस्थित नयाँ बसपार्कमा प्रहरीले चेकजाँच गर्दा उनको साथमा ४० केजी चाँदी फेला परेको थियो ।

एनएमबि न्यूज