८ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
शुक्रबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा रावलले १० बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको एक नेताले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीले भने स्थायी कमिटी बैठकमा यस विषयमा छलफल गर्ने बताएका छन् ।
एमालेमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरु असन्तुष्ट बन्दै आएका छन् । उपाध्यक्ष रावलले सुदूरपश्चिमका इन्चार्जको जिम्मेवारी पाएका छैनन् । सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी लेखराज भट्टले सम्हाल्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस