१० असोज, काठमाडौं । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव ललितपुरमा भेटिएको छ ।
यही असोज ५ गते कपनको ढलमा खसेर बेपत्ता भएका विकको शव शनिबार राति ललितपुरको घुसेलस्थित वाग्मती खोला किनारामा भेटिएको ललितपुर प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अनुसन्धानका क्रममा शव बालक उज्ज्वलको भएको खुलेको हो ।
प्रतिक्रिया दिनुहोस