११ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोभिड–१९ विरुद्धको एष्ट्राजेनेका खोपको पहिलो डोज दिँदैछ । महानगरले ३२ वटै वडाका खोप केन्द्र र सातवटा अस्पतालबाट खोप दिइने जनाएको छ ।
खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र र विद्युतीय दर्ताको नम्बर अनिवार्य गरिएको छ । काठमाडौंका अन्य नगरमा भने आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइँदैछ । खोप कार्यक्रम तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस