१९ असोज, काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय इन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ ।
इन्टरनेट वितरणको सुरुवाती चरणमानै गुणस्तरीय र उत्कृष्ट सेवामार्फत उल्लेख्य ग्राहकहरूको रोजाइमा डिशहोम फाइबरनेट पर्न सफल भएको कम्पनीले जनाएको छ । डिशहोम फाइबरनेट अब मासिक ९ सय ९९ मा १०० एमबीपीएस पाइने कम्पनीले जनाएको छ ।
१०० एमबीपीएस इन्टरनेट सवै भन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि रहेको कम्पनीले जनाएको छ । २०७८ असोज ११ गतेदेखि “ह्याप्पीप र्वको ह्याप्पी कनेक्सन” योजना सञ्चालन गरिरहेको पनि कम्पनीले जनाएको छ ।
स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टीभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरूमा हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस