Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रहरीलाई प्रधानमन्त्रीको सुझाव

२० असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वभरि फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन नेपाल प्रहरीलाई सुझाव दिएका छन् ।

६६औँ प्रहरी दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा संगठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभरि फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन सुझाव दिएका हुन् ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सुरक्षा निकायलाई सक्षम, निष्पक्ष, पारदर्शी र उत्तरदायी रूपमा सञ्चालन गर्दै सुरक्षा अंगको व्यावसायिकतामा जोड दिने रहेको उनले बताए ।

प्रहरीको मनोबल उच्च बनाउने र साधन–स्रोत उपलब्ध गराउने कुरामा सरकार संवेदनशील रहेको उनले उल्लेख गरे । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले नयाँ चुनौती सामना गर्न प्रहरीलाई सरकारको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

एनएमबि न्यूज