२५ असोज, दाङ । दाङमा खोलामा डुबेर एक जना बालक मृत्यु भएको छ ।
जिल्लाको गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने रूपलाल नेपालीका छोरा ४ वर्षीय स्वरुप नेपालीको मृत्यु भएको हो । आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा गुरुङ खोलामा डुबेर बालक मुत्यु भएको प्रहरीले जनाएको छ ।
खोलामा खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारको लागि लमही अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस