२५ असोज, काठमाडौं । मोरङको धनपालथान कर्सिया बजारमा दिनदहाडै बैंक लुट्ने प्रयास भएको छ ।
पाँच जनाको समूहले सुरक्षा गार्डमाथि गोली चलाएर बैंक लुट्ने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बैंक लुट्ने प्रयास असफल भएपछि लुटेरा समूह भागेको बताइएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठका अनुसार लुटेराले सिटिजन्स बैक लुट्ने प्रयास गरेका हुन् । उनकाअनुसार प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
प्रतिक्रिया दिनुहोस