१ कात्तिक, तेह्रथुम । तेह्रथुममा आपसी विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।
छथर गाउँपालिका–३ ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बूबीच आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको गए राति मृत्यु भएको हो ।
उनीहरुबीच आफ्नै घरमा झगडा तथा कुटपिट हुँदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका गोबिन्द बहादुरको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै वेहोस अवस्थामा रहेकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस