पछिल्लो २४ घण्टामा ५४९ जना संक्रमण पुष्टि, ५६९ जना डिस्चार्ज

१२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९७४६ जनामा गरिएको नमुना परीक्षणमा ५४९ जनामा संक्रमण पुष्टि भएको हो ।

सो समयावधिमा ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ५६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अहिले देशभर १०१५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज