१५ कात्तिक, काठमाडौं । गायन प्रतिभा प्रस्तुत गर्ने रियालिटी शो ‘द भ्वाइस किड्स’ कात्तिक २६ गतेबाट प्रशारण हुने भएको छ । शोमा ६ वर्षदेखि १४ बर्षका बालबालिकाले सहभागिता जनाउन पाउने छन् ।
यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुनेछ ।
शोको ‘ब्लाइन्ड अडिसन’को छायांकन भैसकेको छ । शो २० भाग प्रशारण हुनेछ । ‘ब्लाइन्ड अडिसन’ पछि ब्याटल राउन्ड प्रशारण हुनेछ । अहिले ब्याटल राउन्टको छायांकन भैरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
शोका निर्देशक लक्ष्मण पौडेलले आफूहरुले बालबालिकाको गायन क्षमतासँगै उनीहरुका विभिन्न हाउभाउ र शैलीलाई पनि ध्यान दिएको बताए । शोमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी कोच छन् ।
प्रतिक्रिया दिनुहोस