२५ कात्तिक, काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ओरालो लागेको छ ।
आज सेयर बजार ५९.४९ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ६ सय ९०.३६ विन्दुमा सीमित भएको छ । २.१६ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ६ सय ९०.३६ विन्दुमा सीमित भएको हो ।
आज ९४ लाख ७५ हजार ९ सय ३६ कित्ता सयेर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँमा कारोबार भएको छ । आज सबै उपसमूह राताम्मे छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक उपसमूह ३.६१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस