६ मंसिर, काठमाडौं । सुनचाँदीको मूल्य उकालो लागेको छ । मंसिर ६ गते, सोमबार सुन तोलामा २०० रुपैयाँले बढेको हो ।
यस दिन छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ तोकिएको छ ।
सोमबार चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २७० रुपैयाँमा किनबेच हुँदैछ ।
प्रतिक्रिया दिनुहोस