काठमाडौं उपत्यकामा थपिए १८१ कोरोना संक्रमित

८ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८१ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १४४, भक्तपुरमा ११ र ललितपुरमा २६ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ६९४  पुगेको छ ।

आज देशभर ६ हजार ९८१ जना होम आइसोलेसनमा, ३८८ जना संस्थागत आइसोलेसनमा, २०६ जना आईसीयू तथा ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज