एनएमबि न्युुज समाचार डेक्स ।
आइतबार, १० भदौ २०८०
सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउतसँग १० करोड ५१ लाख १२ हजार ९०३ रुपैयाँ बिगो कायम गर्दै अभियोगपत्र दायर भएको छ । ललिता निवास प्रकरणमा सञ्चार सचिव राउतसँग सरकारी सम्पत्ति हिनामिना गरेको कसुरमा सरकारले उक्त रकम बराबर बिगो कायम गर्दै अभियोगपत्र दर्ता गराएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीं) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले राउतसँग १० करोड ५१ लाख १२ हजार ९०३ रुपैयाँ बिगो कायम गर्दै ३ वर्षको कैद सजायको मागदावी लिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा राउतले आफ्नो कर्तव्य पूरा नगरी कुनै व्यक्तिले पेश गरेको कागजातलाई नै अन्तिम तथ्य र सत्य हो भन्दै टिप्पणी उठाएर नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको जग्गा व्यक्तिको नाममा लैजान सहयोग पुराएको भन्दै उनलाई कसुरदार मानेर अभियोगपत्र दायर गरेको हो ।