समाचार

असोज १ देखि काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्न रोक लगाउने

banchara dada

एनएमबि न्युज समाचार डेक्स, काठमाण्डौ
भाद्र–११ सोमबार ।

काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिकाले फोहोर फाल्दै आएको बञ्चरडाँडा क्षेत्रका बासिन्दा पुनः आन्दोलित भएका छन्।

संघीय सरकार र काठमाडौं महानगरपालिका समेतले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असोज १ गतेदेखि फोहोर बिर्सजनमा रोक लगाउने उनीहरूले बताएका हुन्।

फोहोरको दुर्गन्धका कारण ओखरपौवा, चाउथे, ककनीसम्मका बासिन्दा घरमा बस्ने नसक्ने भएको गुनासो गरे। त्यस्तै धादिङ, धुनिबेसी नगरपालिका–१ का स्थानीय बढी चपेटामा परेको उनले बताए।

उनले यसबीचमा २७ वटा निकायलाई ध्यानाकर्षण पत्र बुझाएको बताए।

‘प्रधानमन्त्री कार्यालयदेखि, सुरक्षा निकायसम्म पत्र बुझाएका छौं,’ उनले भने, ‘आज दिउँसो पत्रकार सम्मेलन गरेर सरकारलाई जानकारी गराउँछौं। यसबीचमा सरकारले विकल्प दियो भने हामी चुप लाग्छौं। अन्यथा असोज १ गतेदेखि हाम्रो ठाउँमा फोहोर फाल्न दिँदैनौं।’

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित उपत्यका १८ वटाभन्दा बढी नगरपालिकाको दैनिक ११ सय बढी टन फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ।

 

काठमाडौं उपत्यकाको फोहोरले गाउँमा समस्या निम्त्याएपछि ककनी नगरपालिकाले साउन १ गतेदेखि फोहोर बोकेका टिपरबाट शुल्क उठाउने निर्णय गरेको थियो। उठेको पैसाले फोहोरको व्यवस्थापन गर्ने योजना तय गरेको थियो।

ठूला गाडीबाट एक हजार पाँच सय र साना गाडीबाट एक हजार शुल्क उठाउने गरी ऐन नै पारित गरिएको थियो। तर सर्वोच्च अदालतले रोक लगाइदिएको थियो।

साउनमा सिसडोल र बञ्चरेडाँडाका नागरिक आन्दोलित भएका थिए। सिसडोलको फोहोर माटोले पुर्ने, बञ्चरेडाँडामा फोहोर वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने, दुर्गन्ध कम गर्न किटनाशक औषधी छर्कनलगायत समझदारी पनि आन्दोलन फोहोर फाल्न गरिएको अवरोध हटेको थियो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस