राजनीति

एमालेले ८४ मा एकल बहुमत ल्याउँछः अध्यक्ष ओली

kp sharma oli ktm 3PZoAPwqsM

एनएमबि न्युज डेक्स काठमाण्डौ ।
भाद्र ११ सोमबार ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वि सं २०८४ को चुनावमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन्।

काठमाडौंमा सोमबार आयोजित ‘जनप्रतिनिधिसँग केपी ओली’ कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

‘म खुला घोषणा गर्न चाहन्छु, सबै विरोधीले सुनिराखुन्। एमालेले ८४ मा एकल बहुमत ल्याउँछ।’ ओलीले भने, ‘झुक्याएर होइन, अल्मल्याएर होइन, कसैसँग मिलेर पनि होइन, लोभ र पाप बाँडेर होइन, देशको सुन्दर भविष्यको उज्ज्वल सपना र संकल्प बाँडेर अघि बढ्छौं।’

उनले आफू मर्न नमानेर बसेको मान्छे भन्दै समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य साकार गराएरै छाड्ने र त्यसका लागि एमालेको एकल बहुमत आवश्यक रहेको बताए।

‘म मर्न नमानेर बसेको मान्छे हुँ। दुई पटक किड्नी ट्रान्सप्लन्ट भयो। कयौं अप्रेशनहरू भए। कहिले हात सुनिएर बाँधेर हिँडेको पनि देख्नुभयो। मेनेन्जाइटिस् पनि भयो।’ गठबन्धन दलका नेताहरूलाई लक्षित गर्दै ओलीले भने, ‘अब मलाई समय नहुँदै मर्न मन छैन र यिनीहरुलाई नपछारी आफू हार्न पनि मन छैन।’

उनले अबको निर्वाचनमा काठमाडौं जिल्ला एमालेको किल्ला बनाउने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस