राजनीति

समाजवादी मोर्चाको सभा आज धनगढीमा

samajbadi morcha SOSzlMGRsF

एनएमबि न्युुज डेक्स,काठमाण्डौ ।
भाद्र–१३ बुधबार ।

समाजवादी मोर्चाले बुधबार कैलालीको धनगढीमा सन्देश सभा आयोजना गर्दैछ। सातै प्रदेशमा सभा गर्ने घोषणा गरेको मोर्चाले बुधबार सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रमलाई मोर्चामा आबद्ध चारै दलका शीर्ष नेताले सम्बोधन गर्ने छन्। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी छन्।

मार्चाले यसअघि ८ गते वीरगञ्ज र मंगलबार बुटवलमा घोषणासभा गरिसकेको छ। यस्तै १४ गते सुर्खेत १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटगनरमा सभा तय भएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस