समाचार

रुकुम पूर्वमा चक्कु देखाएर गहना लुटपाट

download 4

एनएमबि न्युज डेक्स,काठमाण्डौ।
भाद्र १४ बिहिबार ।

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१४ मा एक महिलामाथि लुटपाट भएको छ ।

हिजो बुधवार राति कोल गाउँकी ३६ वर्षीया हिरादेवी घर्तीमाथि लुटपाट भएको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो । गाउँमा सञ्चार सुविधा नभएको र आज बिहीवार घटनाको जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका निकायलाई जानकारी गराएको समेत उहाँले बताउनुभयो ।

घरमा एक्लै सुतिरहेको अवस्थामा चक्कु देखाउँदै घरभित्र पसेका दुई जनाले घर्तीको कानमा लगाएको सुनको कानबाली लुटेर लगेका छन् । आफूमाथि आक्रमण हुने डरले चिच्याएपछि लुटेराहरू भागेका पीडित घर्तीेले बताउनुभयो । आफ्नो दुवै कान च्यातेर दुई तोलाको कानबाली लुटेको उहाँको भनाइ छ ।

यस घटनाको विषयमा पीडित घर्तीका श्रीमान् विक्रमले अस्थायी प्रहरी पोस्ट कोलमा निवेदन दिनुभएको छ । उहाँले घरमा एक्लै भएको मौका पारेर आएका लुटेराहरू चाँडो भन्दा चाँडो पत्ता लगाई कानुनी कारबाही गर्न माग गर्नुभएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस