मुख्य समाचार

हत्या गरि शव फाल्न जाँदा एक पुरुष पक्राउ

hatya 1

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–१५ शुक्रबार ।

इटहरी उपमहानगरपालिकाकी यशोदा श्रेष्ठको धरानमा हत्या भएको देखिएको छ । ४४ वर्षीया श्रेष्ठको शव हत्या गरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको हो ।

हत्यामा संलग्न रामेछाप घर भई सुनसरीको धरान१७ मा बस्दै आएका टेकबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

दर्जीले यशोदाको हत्या गरी शव जंगलमा फाल्न लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यशोदा बुधबार माइत जान्छु भनेर इटहरी घरबाट हिँडेकी थिइन । यशोदा र दर्जीबीच लेनदेनको कारोबार रहेको र त्यसैमा विवाद हुँदा हत्या गरिएको बुझिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस