एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
शनिबार, १६ भदौ २०८०
भदै १६ नेपाल कम्युनिस्ट पार्टी नेकपा ९एमाले०को प्रथम लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा आजदेखि सुरु हुँदैछ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज र भोलि हुने अधिवेशनका लागि विभिन्न जिल्लाहरूबाट प्रतिनिधिहरू बुटवलमा आइसकेका छन् ।
अधिवेशन उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू दिउँसो साढे १२ बुटवल आउँदैछन् । केन्द्रीय तहका केही नेताहरू बुटवलमा आएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस