एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
भाद्र–१७ आइतबार ।
जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । केही समयअघि कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो । दुर्घटना परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने हुन सकिरहेको छैन ।
भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस