मुख्य समाचार

दृष्टिविहिन १३ बर्षिया बालिका बलात्कारका गर्ने ४५ बर्षिया पुरुष पक्राउ

arrest 1 nPrb0OfZJF

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–१७,आइतबार ।

दाङमा एकजना दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन्। राप्ती गाउँपालिका–२ लालमटियामा रहेको आदर्श नमूना विद्यालयमा अध्ययनरत वर्ष १३ की एक दृष्टिविहीन बालिका बलात्कृत भएकी हुन्।

बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भालुबाङले सोही विद्यालयमा कार्यरत कार्यालय सहयोगी तथा स्कुल बसका सहचालक गढवा गाउँपालिका(१ का ४५ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको छ।

उनलाई आइतबार बिहान करिब ८ बजे विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए।

उनले भदौ ४ गते बालिकामाथि बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ। ५ वर्षदेखि सोही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरीले जनाएको छ।

पीडित बालिकाले आजै ९आइतबार० इलाका प्रहरी कार्यालय भालुबाङमा उजुरी दिएपछि आरोपित खनाललाई पक्राउ गरिएको प्रहरी प्रहरीले जनाएको छ। उनलाई म्याद थपका लागि दाङ जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस