मुख्य समाचार

नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी

uml limbini h44SKXbUWl

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–१८ सोमबार ।

नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जारी एमाले प्रथम लुम्बिनी अधिवेशनमा दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय कमिटी सदस्य हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । यस्तै रिजालको प्रस्तावकमा विजयबिराज विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।

दुई पक्षबीच सर्वसहमतिका लागि लामो प्रयास भएपनि सहमति नभएपछि दुई जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । एमाले लुम्बिनी प्रदेश विभाग प्रमुख डीआर घिमिरेले अध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए । उनले निर्वाचन आयोगले भोलि सोमबार १० बजेसम्म मनोनयन गर्ने समय दिएकाले अरुको पनि उम्मेदवारी दर्ता हुनसक्ने बताए । सहमतिको विकल्प अझै नटुंगिएको दुवै नेताले बताएका छन् ।

कँडेल पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस