देश

संघीय संसदका दुवै सदनको बैठक आज

Samsad31686464778

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–१८,सोमबार ।
्र
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छन्।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने । कार्यसूची रहेको छ।

बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसअघि भदौ १२ गते बसेको बैठकमा संसदमा गणपुरक संख्या नपुगेपछि निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन।

यस्तै राष्ट्रिय सभाको बैठक पनि आजै दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको छ। आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापतिले संविधान अनसुार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन २०८० माधि छलफल गररयोस भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची रहेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस