कर्णाली प्रदेश

बिद्यालयबाट घर फर्किदै गर्दा खोलाले बगाउँदा रुकुममा दाजु बहिनीको मृत्यु

dubera swim WiAQivmp0C tYD8eFr2mR

एनएमबि न्युज डेक्स ।
भाद्र–१८,सोमबार

रूकुम पश्चिममा खोलाले बगाउँदा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ।

चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार उनीहरूलाई स्थानीय नाउलाखोलाले बगाएको हो। मनोजको शव १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको उनले बताए।

बाढी आएको बेला खोला तर्ने क्रममा दुई भाइबहिनी बगेका हुन्। उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए। मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए। आइतबार दिउँसो हावाहुरीसँगै ठुलो वर्षा भएको थियो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस