खेलकुद

नेपाल भारतसँग १० विकेटले पराजित

nepal aFkFg5UsAZ

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
भाद्र–१८ मंगलबार ।

एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतसँग १० विकेटको हार बेहोरेको छ। भारतले प्राप्त एक सय ४५ रनको लक्ष्य २०।१ ओभरमा विकेट नगुमाई पुरा गर्यो। भारतका कप्तान रोहित शर्माले ७४ र सुभमन गिलले ६७ रन बनाए।

वर्षाका कारण प्रभावित खेलमा भारतले २३ ओभरमा एक सय ४५ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो।

डकवर्क लुइस नियमका आधारमा भारतले नयाँ लक्ष्य पाएको हो। त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४८।२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोडेको थियो।

नेपाललाई हराएको भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल भने पहिलो चरणबाटै बाहिरिएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस