समाचार

काठमाडौं महानगर१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

1 Mukunda

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–२१,बिहिबार ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ।

उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। डेंगु संक्रमण भएर उनी गत शुक्रबारदेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए।

रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए। उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस