देश

रोकिराखेको ट्रकमा बस ठोक्किँदा सातजनाको मृत्यु, ३० घाइते

Accident

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
शनिबार, २३ भदौ २०८०

बाँकेको शमशेरगन्जस्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या  सात पुगेको छ । दुर्घटनामा ३० जना  घाइते भएका छन् ।

कोहलपुरका डीएसपी सुन्दर तिवारीले बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा बसमा सवार पाँच जनाको मृत्यु भएको बताए । उनका अनुसार दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकको मृत्यु भएको हो । सहचालकको नाम खुलेको छैन ।

बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू बस रिजर्भ गरेर दाङको थारु सङ्ग्रहालय भ्रमण गरी फर्किने क्रममा दुर्घटनामा भएको बताइएको छ । राप्ति सोनारी गाउँपालिका ८ को जंगल क्षेत्रमा राति सवा ९ बजेतिर घटनाको भएको प्रहरीले जनाएको छ। घाइतेहरूको नेपालगन्ज उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस